श्रृजन शिल नेपाली समाज– युके
SRIJANSHIL NEPALI SAMAJ - UK
२०६६
प्रस्तावना
बिगत लामो समय देखि बेलायतमा अस्थायी तथा स्थायी रुपमा नेपाली जन समुदायहरु बसोबास गर्दै आइरेका छन् । यसै परि प्रेक्ष्यमा नेपाल र नेपाली समाजमा मात्र नभई ब्रिट्रीस आर्मी द बिग्रेड अफ गोर्खाजमा समेत सिप, कला र परिश्रमी भनेर चिनिएका समुदायका सदस्यहरु पनि यस मुलुकमा लामो समय देखि बसो बास गर्दै आइरहेका छन् । ती सदस्यहरुमा भातृत्व, आफ्नो पनको बिकास गर्नका साथै युकेमा बसो बास गर्ने क्रममा आफ्नो समुदायको पहिचानका साथै अस्तित्वलाई जिवन्त गर्न गराउनका लागि थोरै संख्यामा मात्र भए पनि संगठानिक रुपमा बाधिए र स्वदेशमा तथा बिदेशमा रहेका आफ्नो समुदायको हकहित र अधिकारका लागि “श्रृजन शिल नेपाली समाज – युके” नामक संस्था स्थापना गरिएको छ ।

श्रृजनसिल नेपाली समाज यूकेले दूतावासमा ज्ञापनपत्र बुझाए

श्रृजनसिल नेपाली समाज यूकेले बोक्सीको आरोपमा ज्यान गुमाएकी लक्ष्मी परिवारको हत्या सम्बन्धी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको माग गर्र्दै नेपाली दूतावास लण्डनमा ज्ञापन पत्र बुझाएको छ । उक्त ज्ञापन पत्र गत ५ जनवरीका दिन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीलाई समाजका अध्यक्ष धन बहादुर सार्कीले बुझाएको थिए । सो ज्ञापन पत्रमा, २०७३ मंसिर २४ गतेका दिन सानो बाँगथली ७ काभ्रे निवासी एक निर्दोष दलित महिला लक्ष्मी परियारलाई बोक्सीको आरोप लगाएर जवर्जस्त मलमुत्र समेत खुवाई अत्यन्त दानवीय क्रुर रूपबाट शिक्षक जस्तो संवेदनशील पेशामा कार्यरत स्थानीय शिक्षक हीरा लामा लगायतको नेतृत्वले कुटी–कुटी हत्या गरेको घटनाप्रति श्रृजनसिल  नेपाली समाज बेलायतले घोर भत्र्सना गरेको छ ।  साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही र पीडितलाई उचित न्याय दिलाउन सम्बन्धित निकाय, नेपाल सरकार समक्ष जोड़दार माग गर्दै विभिन्न दलित संघसंस्था एवं अधिकारकर्मीहरु सबैलाई सो घटनाप्रति न्यायको आवाज वुलन्द पार्न  प्रबासबाट सबैको साथ र ऐक्यबद्धता रही हरेक किसिमको सहयोग हुने सो बिज्ञप्ती मार्फत जानकारी गराएको छ । त्यस्तै, सो विज्ञप्तीमार्फत श्रृजनशील नेपाली समाज यूके सो प्रकारका घटनाहरु दोहोरिन नदिन निरन्तर दबाब र खबरदारीका लागि नेपालका आम राजनीतिक दल, राजनीतिक भातृ सङ्गठनहरु, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मानवअधिकारवादी संघसंस्था, नागरिक समाज, प्रवासमा रहेका दलित तथा उत्पीडित संघसंस्था, गैरआवसीय संघ संगठन र आम सञ्चार क्षेत्रलाई हार्दिक अपील गरेको छ । सो ज्ञापनपत्र बुझाउनका लागि श्रृजनसिल नेपाली समाज यूकेका अध्यक्ष धन बहादुर सार्की, उपाध्यक्ष राजकुमार सुनार,  महासचिव अमर सदाशंकर, वरिष्ठ सल्लाहकार श्यामलाल सुनार, सल्लाहकार उत्तर कुमार बर्देवा र पुष्पा सुनारको उपस्थिति रहेको थियो । सो अवसरमा राजदूत डा. सुवेदीले सो ज्ञापन पत्र नेपाल सरकारलाई तुरुन्त पठाइने जानकारी दिएका थिए । 
 

 

नयाँ कार्यसमिति चयन

सिर्जनशिल नेपाली समाज यूकेको अध्यक्षमा धनवहादुर सार्की निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा राजकुमार सुनार, महासचिवमा अमर सदाशंकर, कोषाध्यक्षमा विक्रम विश्वकर्मा, सचिवमा भिम पार्टेल, सहकोषाध्यक्षमा जिनत विश्वकर्मा र सदस्यहरुमा नविन रसाईली, दिल नेपाली, सुमन गौतम, सुवास परियार र राजु पार्टेल चयन भएका छन्। त्यस्तै, संरक्षकमा संस्थापक अध्यक्ष शेर बहादुर सुनार, वरिष्ठ सल्लाहकारमा संस्थापक सल्लाहकार श्यामलाल सुनार र आमा समूहकी अध्यक्षमा फस्टलेडी उमा नेपाली चयन भएकी छिन ।

सल्लाहकार विकास रनपैलीको संयोजकतत्वमा सम्पन्न भएको सो निर्वाचन समितिमा संरक्षक शेर वहादुर सुनार, वरिष्ठ सल्लाहकार श्यामलाल सुनार, पूर्व अध्यक्ष मनिराज लकान्त्री र सल्लाहकार मन वहादुर विश्वकर्मा रहेका थिए । सो निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको नामावली प्रस्तुत् गरेका थिए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई वरिष्ठ सल्लाहकार श्यामलाल सुनारले टिका तथा खादा लगाइ सपथ समेत गराएका थिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष सार्कीले आपूmलाई अध्यक्षमा चयन गराएकोमा निर्वाचन समितिप्रति आभार व्यक्त गर्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएका थिए ।

सिर्जनशिल नेपाली समाज यूकेका साधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको सो साधारणसभामा कोषाध्यक्ष अमर सदाशंकरले आर्थिक प्रतिवेदन र महासचिव धन वहादुर सार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त दुवै प्रतिवेदन माथि साधारण सदस्यहरुले व्यापक छलफल गरी पारित गरेका थिए ।

 

SNS UK News From Nepal



Free business joomla templates